काठमाडौँ । कालिकोटको ओडानकु केन्द्रबिन्दु भएर आज बिहान भूकम्प गएको छ ।
बिहान ५ बजेर ९ मिनेट जाँदा ३.६ म्याग्निच्युडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ ।
गत पुस ११ गते पनि जाजरकोटमा ४.२ म्याग्निच्युडको भूकम्प गएको थियो । पश्चिम नेपालमा लगातार भूकम्प जान थालेपछि स्थानीयहरू त्रसित हुँदै आएका छन् ।
![GIF TIGER CUP](https://maidannews.com/wp-content/uploads/2025/01/tiger-cup-add-news.gif)