barahi

राम्चेली गडाभाई तमु समाज पोखराले मनायो ल्होसार अध्यक्षमा औ बहादुर गुरुङ चयन

पोखरा,
स्याङजाको वालिङ नगरपालिका वडानम्बर ३ राम्चेबाट पोखरा आई बसोबास गर्दै आएका गुरुङहरुको साझा संस्था श्री स्याङजा राम्चेली गडाभाई तमु समाज पोखराको अध्यक्षमा औ बहादुर गुरुङ चयन हुनुभएको छ ।


समाजको पोखरा भमरकोट पार्टी प्यालेसमा सम्पन्न १८ औँ साधारणसभा तथा छेठौँ अधिवेशनले औ बहादुरको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको हो । नवनिर्वाचित कार्यसमितिको प्रथम उपाध्यक्ष दुर माया गुरुङ, द्वितीय उपाध्यक्षमा बल बहादुर गुरुङ, सचिवमा रुपसीँ गुरुङ, सह सचीव सुवेदार भिम बहादुर गुरुङ र निर्मला गुरुङ चयन रहनुभएको छ ।

त्यसैगरी कोषाध्यक्षमा क्याप्टेन चम बहादुर गुरुङ, सहकोषाध्यक्षमा हरि प्रसाद गुरुङ र सदस्यहरुमा चीन माया गुरुङ, जमान गुरुङ, ठग बहादुर गुरुङ, महिला संयोजक नरमाया गुरुङ र युवा संयोजक दर्शन गुरुङ चयन हुनुभएको छ । अधिवेशनको निर्णायक मण्डलमा समाजका संस्थापक अध्यक्ष ओम बहादुर गुरुङ संयोजक र निवर्तमान अध्यक्ष भुपेन गुरुङ र संस्थापक सचिव आशिष गुरुङ सदस्य रहनुभएको थियो ।

Sadak 1

कार्यक्रममा कोषाध्यक्ष क्याप्टेन चम बहादुर गुरुङले आर्थिक प्रतिवेदन र सचिव दिल माया गुरुङले प्रगती प्रतिवेदन पेश गर्नुभएको थियो । यसैबिच समाजले तमुहरुको महान पर्व सप्र्ही ल्होसार २०८१ समेत भव्यताका साथ मनाएको छ । सप्ह्री ल्होसारको अवसरमा समाजले शुभकामना आदान प्रदान एवम चेलीबेटी भेटघाट स्योकैं कार्यक्रम गरि ल्होसार मनाएको हो ।

समाजका अध्यक्ष भुपेन गुरुङको अध्यक्षतामा सम्पन्न कार्यक्रमका प्रमुख अतिथि समाजका संस्थापक अध्यक्ष ओम बहादुर गुरुङले ९ जनाबाट स्थापना भएको संस्था अहिले बृहत रुपमा अगाडी बढिरहेकोमा खुसी व्यक्त गर्दै अगामी दिनमा राम्चेली एक भएर अघि बढ्नुपर्नेमा जोड दिनुभयो ।

कार्यक्रममा प्रथम उपाध्यक्ष औ बहादुर गुरुङले स्वागत तथा पच्यु चिवा मोहन गुरुङले आशिमलाँ दिनुभएको थियो । सो अवसरमा नेपाल पत्रकार महासंघ कास्कीका सचिव भुपाल गुरुङ, अध्ययनरत उत्कृष्ट विद्यार्थीहरु, र इन्डियन आर्मीबाट रिट्यार्ड आर्मीहरुलाई सम्मान गरिएको थियो ।

 

 

Leave A Reply

Your email address will not be published.