पोखरा । टेलिकम्युनिकेसनमा देशकै स्थापित संस्था एनसेलले ‘पाँचौं टाइगर कप राष्ट्रिय तथा अन्तर्राष्ट्रिय आमन्त्रित खुल्ला क्लब च्याम्पियनसिप महिला तथा पुरुष भलिबल प्रतियोगिता–२०८१’ लाई मुख्य प्रायोजन गर्ने भएको छ । टाइगर ग्रुप अफ पोखरा नेपालको आयोजनामा आउँदो माघ १२ गतेदेखि हुने पाँचौं संस्करणलाई एनसेलले मुख्य प्रायोजन गर्ने भएको हो ।
एनसेलसँग सम्झौता पत्रमा बिहीबार हस्ताक्षर भएको टाइगर ग्रुप अफ पोखरा नेपालका अध्यक्ष नाराय प्रसाद शर्माले जानकारी दिए ।
प्रतियागिता माघ १९ गतेसम्म पोखरा रंगशालास्थित भलिबल कोर्टमा हुनेछ । प्रतियोगितामा पुरुष र महिला ६/६ वटा टिमबीच प्रतिस्पर्धा हुनेछ ।
प्रतियोगिताको विजेताले समान ५ लाख ८५ हजार ५ सय ५५ प्रदान प्राप्त गर्ने छन् । उपविजेताले पनि समान २ लाख ८५ हजार ५ सय ५५ रुपैया र तृतीय हुनेले १ लाख ८५ हजार ५ सय ५५ रुपैयाँ पाउने अध्यक्ष शर्माले जानकारी दिए । विजेता, उपविजेता र तृतीय हुनेले पुरस्कार रकमसँगै सिल्ड, मेडल र प्रमाण–पत्र पनि पाउने संस्थाका सचिव डिबी नेपालीले बताए ।
सर्वोत्कृष्ट खेलाडीलाई नगद २५ हजार रुपैयाँसहित सिल्ड, मेडल र प्रमाण–पत्र प्रदान गरिने छ । साथै, विधागततर्फ विजेता खेलाडीलाई एक्सटेप फेसनको जुत्ता उपहारको व्यवस्था गरिएको छ । प्रत्येक म्याचमा टाइगर अफ दि म्याच हुन सफल खेलाडीलाई केल्मी नेपालको तर्फबाट एक थान सोभिनियर भलिबल प्रदान गरिने सचिव नेपालीले बताए ।