newa srijana

बीमा प्राधिकरण अध्यक्ष नियुक्तिको लागि दर्खास्त आह्वान

काठमाडौं । नेपाल बीमा प्राधिकरणको सञ्चालक समितिको अध्यक्ष पदमा नियुक्तिको लागि गठित सिफारिस समितिले पदपूर्तिसम्बन्धी आवेदन खुलाएको छ । समितिले शुक्रबार अध्यक्ष नियुक्तिका लागि दर्खास्त आह्वान गरेको हो ।

नेपाल बीमा प्राधिकरणको रिक्त सञ्चालक समितिको अध्यक्ष पदमा खुला प्रतिस्पर्धाद्वारा पदपूर्ति गरिने भएको छ । योग्यता भएका इच्छुक नेपाली नागरिकबाट सूचना प्रकाशित भएको मितिले १५ दिनभित्र कार्यालय समयमा अर्थ मन्त्रालयको वित्तीय क्षेत्र व्यवस्थापन तथा संस्थान समन्वय महाशाखा सिंहदरबारमा आवेदन दिन सकिनेछ ।

सिटीजन फनिच्रर

सूचनाअनुसार बीमा, मौद्रिक, बैंकिङ, वाणिज्य शास्त्र, व्यवस्थापन, जनप्रशासन, तथ्याङ्कशास्त्र, गणित अर्थशास्त्र वा कानून विषयमा कम्तीमा स्नातकोत्तर वा सोसरहको उपाधि हासिल गरी सम्बन्धित क्षेत्रमा कम्तीमा पाँच वर्षको उच्च व्यवस्थापकीय कार्य अनुभव हासिल गरेको हुनुपर्नेछ ।

Mountain run pokhara click

प्राधिकरणका अध्यक्ष सूर्य सिलवाल नागरिकता किर्ते मुद्दाका कारण निलम्बनमा परेका छन् । माघ १९ गतेसम्म कार्यकाल रहेका सिलवाल निलम्बनमा परेपछि सरकारले अध्यक्ष नियुक्ति प्रक्रिया अगाडि बढाएको हो ।

Rabin photo