काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेटवार्ता गरेका छन् । बिहीबार साँझ बालुवाटार भएको भेटमा विविध पक्षमा लामै कुराकानी भएको लिङ्देनले बताएका छन् ।
राष्ट्रिय एकता दिवस तथा पृथ्वी जयन्तीका अवसरमा हुने चियापान कार्यक्रममा निमन्त्रणा दिने क्रममा ओलीसँग भेट भएपनि समसामयिक राजनीतिक घटनाक्रमका विषयमा पनि दुई नेताबिच छलफल भएको बताइएको छ ।
राप्रपाले पुस २७ गते राष्ट्रिय एकता दिवस तथा पृथ्वी जयन्तीको अवसरमा काठमाडौँको भृकुटीमण्डपमा चियापान कार्यक्रम गर्दै छ।
