newa srijana

बार्सिलोनाले जित्यो स्पेनिस सुपर कपको उपाधि

काठमाडौं । रियल मड्रिडलाई पराजित गर्दै बार्सिलोनाले स्पेनिस सुपर कपको उपाधि जितेको छ।

साउदी अरेबियाको जेद्दास्थित किङ अब्दुल्लाह स्पोर्ट्स सिटीमा गएराति भएको फाइनल खेलमा बार्सिलोनाले रियललाई ५-२ गोलले हराएको हो।

केलियन एम्बाप्पेले पाँच मिनेटमै उत्कृष्ट गोल गरेर टिमलाई सुरूवाती अग्रता दिलाएका थिए तर त्यसपछिको पहिलो हाफमा बार्सिलोनाले रियलविरूद्ध गोलवर्षा नै गर्‍यो।

Mountain run pokhara click
सिटीजन फनिच्रर

लामिन यामलले २२ मिनेटमा बराबरी गोल फर्काएका थिए। त्यसपछि ३६ मिनेटमा रोबर्ट लेवान्डोस्कीले पेनाल्टीमार्फत गोल गरे।

राफिन्हाले ३९ मिनेटमा गोल गरे। पहिलो हाफको इन्ज्युरी समयमा अलेजान्द्रो बाल्डेले गोल थपेपछि पहिलो हाफमा बार्सिलोनाले ४-१ गोलले अग्रता लिएको थियो।

दोस्रो हाफको तेस्रो मिनेटमै राफिन्हाले गोल थपे। ५६ मिनेटमा गोलकिपर वज्शियक रातो कार्ड खाँदै बाहिरिएपछि भने बार्सिलोना १० खेलाडीमा समेटिएको थियो।

त्यसको चार मिनेटमै रियलका रोद्रिगोले गोल गरे। यद्यपि त्यसपछि भने १० खेलाडीमा सिमित बार्सिलोनाविरूद्ध रियलले कुनै गोल गर्न नसक्दा बार्सिलोनाले उपाधि जितेको हो।

Rabin photo