काठमाडौं । स्वर्णलक्ष्मी सहकारी ठगी प्रकरणका अभियुक्त तथा रास्वपाका सभापति रवि लामिछानेको थुनछेक बहस सोमबार हुँदैछ ।
काठमाडौं जिल्ला अदालतमा दायर भएको मुद्दामा आइतबार सरकारी वकिलहरुले बहस नगरेपछि प्रहरी हिरासतमै बसेका उनको सोमबार थुनछेक बहस हुन लागेको हो ।
रविको बयान समयमै सकिए पनि सरकारी वकिलले बयान अध्ययनका लागि भन्दै समय मागेपछि आइतबार थुनछेक बहस शुरू हुन सकेको थिएन ।

त्यसपछि उक्त मुद्दालाई हेर्दाहेर्दैमा राखेर न्यायाधीश माधवप्रसाद अधिकारीले लामिछानेलाई न्यायिक हिरासतमा पठाउन आदेश दिएका थिए ।