barahi

पाँचौं संस्करणको टाइगर कपमा १२ टिम खेल्ने

पोखरा । पाँचौं संस्करणको एनसेल टाइगर कप पुरुष तथा महिला भलिबल प्रतियोगितामा १२ टोली सहभागी हुने भएका छन् ।

टाइगर ग्रुप अफ पोखरा नेपालको आयोजनामा पोखरा रंगशालास्थित भलिबल कोर्टमा हुन लागेको उक्त प्रतियोगितामा २ विदेशीसहित १२ टोली सहभागी हुने तय भएको प्रतियोगिता संयोजक रामकृष्ण ज्ञवालीले जानकारी दिए । पुरुष र महिलातर्फ ६/६ टिम सहभागी हुने उनले बताए ।

पुरुषतर्फ श्रीलंकन भलिबल टिमसहित हेल्प नेपाल स्पोर्टस् क्लब, गण्डकी प्रदेश भलिबल संघ, नेपाल पुलिस क्लब, त्रिभुवन आर्मी क्लब र नेपाल एपिएफ क्लबले सहभागिता जनाउने छन् ।

Sadak 1

महिलातर्फ युनाईटेड प्यासन भलिबल क्लब, थाईल्याण्डसहित नेपाल एपिएफ क्लब, टिपटप न्यू डायमण्ड स्पोर्टस् क्लब, त्रिभुवन आर्मी क्लब, नेपाल पुलिस क्लब र टाइगर ग्रुप अफ पोखरा नेपाल सहभागी हुनेछन् । प्रतियागिता माघ १९ गतेसम्म पोखरा रंगशालास्थित भलिबल कोर्टमा हुनेछ ।

प्रतियोगिताको विजेताले समान ५ लाख ८५ हजार ५ सय ५५ प्रदान प्राप्त गर्ने छन् । उपविजेताले पनि समान २ लाख ८५ हजार ५ सय ५५ रुपैया र तृतीय हुनेले १ लाख ८५ हजार ५ सय ५५ रुपैयाँ पाउने टाइगर ग्रुपका अध्यक्ष नारायण शर्माले जानकारी दिए । विजेता, उपविजेता र तृतीय हुनेले पुरस्कार रकमसँगै सिल्ड, मेडल र प्रमाण–पत्र पनि पाउने संस्थाका सचिव डिबी नेपालीले बताए ।

सर्वोत्कृष्ट खेलाडीलाई नगद २५ हजार रुपैयाँसहित सिल्ड, मेडल र प्रमाण–पत्र प्रदान गरिने छ । साथै, विधागततर्फ विजेता खेलाडीलाई एक्सटेप फेसनको जुत्ता उपहारको व्यवस्था गरिएको छ । प्रत्येक म्याचमा टाइगर अफ दि म्याच हुन सफल खेलाडीलाई केल्मी नेपालको तर्फबाट एक थान सोभिनियर भलिबल प्रदान गरिने सचिव नेपालीले बताए ।

गत वर्ष भएको चौंथो टाइगर कपको उपाधि पुरुषतर्फ हेल्प नेपाल स्पोर्टस् क्लब र महिलातर्फ एपिएफ क्लबले जितेको थियो । प्रतियोगिताको अघिल्लो संस्करणमा पनि दुई विदेशीसहित १२ टिम नै सहभागी थिए ।

Leave A Reply

Your email address will not be published.