काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले देशमा न्याय नमरेको टिप्पणी गरेका छन् ।
सहकारी ठगी मुद्दामा जिल्ला अदालत काठमाडौंको आदेशबमोजिम ६० लाख रुपैयाँ धरौटी बुझाएर रिहा भएपछि सञ्चारकर्मीलाई प्रतिक्रिया दिँदै लामिछानेले अदालतप्रति सम्मान रहेको बताए ।
उनले भने, ‘यो देशमा न्याय मरेको छैन, सबैलाई धन्यवाद छ ।’ रविको ६० लाख रुपैयाँबराबरको बैंक ग्यारेन्टी प्रभु बैंकले दिएको थियो । बैंक ग्यारेन्टीको प्रक्रिया पूरा गरेर साँझ ७ बजे लामिछाने थुनामुक्त भएका हुन् ।