barahi

देउवाले कांग्रेस मन्त्रीलाई भने – गठबन्धनमा कुनै समस्या छैन

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले कांग्रेस-एमालेबीच भएको गठबन्धनमा कुनै समस्या नभएको बताएका छन् । आफ्नै निवासमा दलबाट प्रतिनिधित्व गरेर सरकारमा गएका मन्त्रीहरूको ब्रिफिङ सुनेपछि बिहीबार देउवाले सात बुँदे सहमति सफल बनाउने गरी काम गर्न निर्देशन दिए।

बैठकमा सहभागि गृहमन्त्री रमेश लेखकका अनुसार देउवाले सबै मन्त्रीहरूको कुरा सुनेपछि यस्तो बताएका हुन् । ‘सभापतिज्यूले पनि कांग्रेस एमाले सहमति अनुसार अघि बढ्ने हो । यसै विषयमा केन्द्रित भएर काम गर्नु भन्नुभयो‚’ उनले भने ।

बैठकमा दुई दल मिलेर सरकार बनेको र गठबन्धनमा कुनै समस्या तथा बाधा अप्ठ्यारा नभएको भन्दै छलफल भएको उनले बताए ।

Sadak 1

पार्टी प्रमुख सचेतक श्याम घिमिरेले ‘विगत देखिका भौतिक परियोजना र अन्य कार्यक्रमहरू सम्पन्न गराउने प्रकृयामा गती बढाउन’ निर्देशन दिने निर्णय बैठकबाट भएको जानकारी दिए ।

‘जस्तो कतिपय आयोजनाहरू बजेटका अभावले थन्किएर बसेका छन् । कतिपय आधा सकिएर आधा बाँकीनै छन् । त्यसलाई चाडो अधी बढाउन निर्देशन दिने निर्णय भएको हो‚’ उनले भने ।

यस्तै बैठकले चालू आर्थिक वर्षको बजेटमा रहेका तर स्रोत सुनिश्चित पर्खाइमा रहेका र टेन्डर हुन नसकेका मात्र होइन निर्माण सुरू भएका तर अपेक्षित गतिमा काम नभइरेका विकास आयोजनालाई सम्पन्न गराउने आवश्यक पहल कदमी लिने निर्णय पनि गरेको उनले बताए ।

Leave A Reply

Your email address will not be published.