सुचना१
newa srijana

अन्नपूर्ण कृषि उपज संकलन केन्द्रबाट खरिदबिक्री सुरु

पोखरा । कास्कीको अन्नपूर्ण गाउँपालिकाले बनाएको अन्नपूर्ण कृषि उपज संकलन तथा बिक्री केन्द्रबाट खरिदबिक्री सुरु भएको छ । अन्नपूर्ण-०२ चुहिनेपहरामा निर्माण गरिएको केन्द्रबाट बिहीबारदेखि खरिदबिक्री सुरु गरिएको हो ।

कार्यक्रममा बोल्दै गाउँपालिका अध्यक्ष विष्णुबहादुर केसीले कृषिमार्फत समृद्ध गाउँपालिकाको परिकल्पना साकार हुने बताए । उपाध्यक्ष चन्द्रकला अधिकारी देवकोटाले सम्पूर्ण कृषकलाई कृषि उत्पादन गरी आत्मनिर्भर बन्नुपर्नेमा जोड दिइन् । प्रमुख प्रशासकीय अधिकृत विष्णुप्रसाद पोखरेलले सूचना प्रविधिको माध्यमबाट कृषि उत्पादन बजारीकरणको सम्भावना रहेको सुनाए ।

कृषि उपज संकलन तथा बिक्री केन्द्र सञ्चालन गर्न लिबर्डले यसअघि नै आवश्यक सामग्री सहयोग गरेको थियो ।

Pokhara महोत्सव

कार्यक्रममा गाउँपालिकाका प्रवक्ता तथा वडाध्यक्ष भरतमान गुरुङ, वडाअध्यक्षहरु तुलसीप्रसाद अधिकारी, पिताम्बर भण्डारी, फणीन्द्र पौडेल, एकदेव देवकोटा, रमेश गुरुङ, हिमबहादुर गुरुङ र पोखरा कृषि बजार व्यवस्थापन समितिका अध्यक्ष नवराज दुवाडी, व्यवस्थापक महेन्दसिंह थापा, व्यवसायी सदस्य, कृषक सदस्य, लिबर्डका टिमलिडर जेनी श्रेष्ठ, वरिष्ठ कार्यक्रम अधिकृत इन्द्रप्रसाद पौडेल, स्थानीय कृषक सञ्जाल प्रतिनिधि, राजनीतिक दलका प्रतिनिधि महिला सञ्जाल तथा आमा समूहका प्रतिनिधिको उपस्थिति थियो ।

अन्नपूर्ण कृषि उपज संकलन तथा बिक्री केन्द्र व्यवस्थापन समितिका अध्यक्ष बोधराज भण्डारीको अध्यक्षतामा भएको कार्यक्रम कृषि शाखा प्रमुख जुनु जिमीले सञ्चालन गरेकी थिइन् । कोषाध्यक्ष तुलसी भण्डारीले स्वागत मन्तव्य राखे ।

केन्द्रको गत साउन २१ मा उद्घाटन गरिएको थियो । तर, बिहीबारदेखि खरिदबिक्री सुरु गरिएको हो ।

पुल सेन्टर
वडा नं २६