barahi

नेपाली महिला र पुरुष टिम खो-खो विश्वकपको फाइनलमा

काठमाडौं । नेपाली महिला र पुरुष दुवै टिम भारतमा जारी खो-खो विश्वकपको फाइनल पुगेका छन् । शनिबार युगाण्डालाई ८९–१८ ले हराउँदै नेपाली महिला टोली उपाधि नजिक पुगेको हो भने सेमिफाइनलमा पुरुष टिमले इरानलाई पाखा लगाएको छ ।

दिल्लीस्थित इन्दिरा गान्धी रंगशालामा पुरुष टिम सेमिफाइनलमा शनिबार इरानलाई ७२-२० ले हराउँदै उपाधि नजिक पुगेको हो । शुक्रबार भएको सेमिफाइनलमा बंगालादेशलाई ६७-१८ ले हराउँदै नेपाल अन्तिम चारमा पुगेको थियो । नेपाल समूह उपविजेता बन्दै क्‍वाटरफाइनलमा पुगेको थियो । समूह ‘ए’मा नेपालले ४ खेलबाट ६ अंक जोडेको थियो ।

नेपाल भारतसँगको आफ्नो खेलमा ४१-३७ पराजित भएको थियो । त्यसपछि नेपालले ब्राजिललाई १३४-८ र पेरुलाई ८०-३४ लाई र भुटानलाई ९८-८ ले हराएको थियो ।

Sadak 1

यसअघि इरानलाई शुक्रबार १०३–८ को फराकिलो अन्तरले हराँउदै महिला टिम सेमिफाइनल पुगेको थियो । महिला टिम समूह चरणमा अपराजित रहँदै सेमिफाइनल पुगेको थियो ।

नेपाली महिला टोली समूह ‘सी’ को विजेताका बनेको थियो । नेपालले पहिलो खेलमा भुटानलाई ९३–२४, दोस्रो खेलमा जर्मनीलाई ७३–३४, तेस्रो खेलमा श्रीलंकालाई ११०–१० ले र चौथो खेलमा बंगालादेशलाई ८४–२४ ले हराएको थियो ।

Leave A Reply

Your email address will not be published.