काठमाडौं । खो-खो विश्वकपमा नेपालको पुरुष र महिला दुवै टिम उपविजेता बनेको छ । आइतबार साँझ भारतको इन्दिरा गान्धी इन्डोर कोर्टमा भएको फाइनलमा पुरुषतर्फ नेपाल भारतसँग ५४–३६ ले पराजित भयो ।
आइतबार बेलुका नै महिला टोली पनि भारतसँगै फाइनलमा पराजित भएको थियो । फाइनलमा नेपाली महिला टोली ७८–४० अन्तरले पराजित भयो ।
पुरुषतर्फ समूह चरणमा एउटै समूहमा रहेको नेपाल भारतसँग पराजित भएको थियो । तर बाँकी खेलमा जित निकाल्दै नेपालले उपाधि भिडन्त भारतसँगै गरेको थियो ।

नेपाली महिला टोली भने अपराजित रहँदै फाइनलमा पुगेको थियो ।