newa srijana

पोखरा महोत्सवमा रचना रिमालको प्रस्तुतिमा झुमे पोखरेली

पोखरा । पोखराको अमरसिंह चौरमा जारी १३ औं संस्करणको पोखरा महोत्सवमा रचना रिमालको प्रस्तुतीमा पाखरेलीहरुले भरपुर मनोरञ्जन लिएका छन । महोत्सवको ११ औं दिनमा रचना रिमालको सुगम संगीत प्रस्तुतीमा युवाहरु झुमेका हुन ।

रचनाले प्रीति, फोटो फिरिममा, मिनरल वाटर, चाहान्छु, तिमी त पोखरेली, ढुंगेधारालगायत एक दर्जन बढी गीत प्रस्तुतिमार्फत दर्शकलाई नचाइन्। त्यसैगरी साँझको लाइभ कन्सर्टतर्फ पूर्ण राई एण्ड दाजुभाइको प्रस्तुतिमा युवाहरु झुमे ।

महोत्सव सोमबार सकिँदै छ । महोत्सवमा दर्शकको चापसँगै स्टलमा व्यापार बढ्दो रहेको महोत्सव अर्थ तथा स्टल व्यवस्थापन उपसमिति संयोजक जयराम आचार्यले जानकारी दिए ।

Mountain run pokhara click
सिटीजन फनिच्रर

महोत्सवको अन्तिम दिन लोकदोहोरीतर्फ चोलेन्द्र पौडेल, रामजी पौडेल, तुलसा क्षेत्री, ममता तामाङ, इन्द्रा गुरुङ लगायतको प्रस्तुती रहने महोत्सवका कलाकार व्यवस्थापन उपसमिति संयोजक गणेश तिमिल्सिनाले जानकारी दिए । तिमिल्सिनाका अनुसार साँझको लाइभ कन्सर्टतर्फ जेम्सीको प्रस्तुती रहने छ ।

महोत्सवमा आयोजित विद्यालय स्तरिय प्रतियोगिताको समेत सोमबार फाइनल प्रतिस्पर्धा हुनेछ । फाइनलमा सेन्ट मेरिज, कास्की मोडनाइज्ड, बेसलाइन एकेडेमी, विभूति र सरस्वती विद्या सदन लामाचौरबीच प्रतिस्पर्धा हुने प्रतियोगिता संयोजक विष्णुकुमार गुरुङले जानकारी दिए ।

महोत्सवको सोमबार पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यको प्रमुख आतिथ्यतामा दिउँसो ३ बजे समापन गरिने महोत्सव प्रचार प्रसार संयोजक दिनेश सुनारले जानकारी दिए ।

Rabin photo