काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेल र प्रधानमन्त्री केपी शर्मा ओलीले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई बधाई दिएका छन् । गएराति शपथ लिएका ट्रम्पलाई दुवैले सामाजिक सञ्जाल एक्समार्फत् ट्रम्पलाई बधाई दिएका हुन् ।
राष्ट्रपति पौडेलले नेपाल र अमेरिकाबीच कायम रहेको सौहार्दपूर्ण सम्बन्ध आगामी दिनहरूमा अझ प्रगाढ र विस्तार हुँदै जाने विश्वास व्यक्त गरे ।
प्रधानमन्त्री ओलीले भने नेपाल र अमेरिकाबीच ७५ भन्दा बढी वर्षदेखि आत्मीय सम्बन्ध रहँदै आएको स्मरण गर्दै यो साझेदारीलाई अझ बलियो बनाउन आफू सँगै काम गर्न उत्सुक रहेको बताएका छन् । ‘संयुक्त राज्य अमेरिकाको ४७औं राष्ट्रपतिको रूपमा कार्यभार सम्हाल्नुभएकोमा डोनाल्ड जे. ट्रम्पलाई मेरो हार्दिक बधाई छ । सफल कार्यकालको शुभकामना पनि । नेपाल र अमेरिकाबीच ७५ भन्दा बढी वर्षदेखि आत्मीय सम्बन्ध रहँदै आएको छ, र म यो साझेदारीलाई अझ बलियो बनाउन सँगै काम गर्न उत्सुक छु।’
ट्रमपले गएराति अमेरिकाको ४७औं राष्ट्रपतिका रूपमा शपथ ग्रहण गरेका छन् ।