barahi

सन्दीपलाई कारबाही, एक घरेलु खेल खेल्न प्रतिबन्ध

काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान) ले पूर्वकप्तान स्पीनर सन्दीप लामिछानेमाथि कारबाही गरेको छ । जय ट्रफी प्रतियोगिताका क्रममा सामाजिक सञ्जालबाटै अम्पायरको निर्णयमाथि प्रश्न उठाएपछि क्यानले उनीमाथि कारबाही गरेको हो ।

क्यानका प्रवक्ता छुम्बी लामाले क्यानले देशभित्र आयोजना गर्ने कुनै पनि एक खेल सन्दीपलाई खेल्न नदिने निर्णय भएको जानकारी दिए । उनकाअनुसार क्यानको आचारसंहिताको २.७ को व्यवस्था उल्लंघन गरेको विषयमा सन्दीपमाथि एक घरेलु खेलको प्रतिबन्ध लागेको हो ।

सन्दीपलाई कारबाही गनुअघि क्यानले उनीसँग स्पष्टीकरण सोधेको थियो । क्यानले स्पष्टीकरण सोधेको विषयमा सन्दीपले असन्तुष्टि व्यक्त गरेको जनाइएको छ । क्यानले कारबाही गर्ने जानकारी पाएपछि सन्दीपले इमोसनल ब्ल्याकमेलिङ गर्न अर्को स्टाटस लेखेका थिए ।

Sadak 1

उनले आफूलाई माया गर्ने नेपाली क्रिकेट समर्थकलाई धन्यावाद भन्दै स्टाटस लेखेका थिए । पहिला सामाजिक सञ्जालमै लेखेको स्टाटसका कारण कारबाहीमा पर्ने भएपछि उनले अर्को स्टाटस लेखेका थिए ।

Leave A Reply

Your email address will not be published.