barahi

गण्डकीको हिउँदे अधिवेशन २१ माघदेखि

पोखरा । गण्डकी प्रदेश सभाको हिउँदे अधिवेशन माघ २१ गते बस्ने भएको छ । मंगलबार बसेको मन्त्रिपरिषद्को बैठकले माघ २१ गते संसद बैठक डाक्न प्रदेश प्रमुख डिल्लीराज भट्टसमक्ष सिफारिस गर्ने निर्णय गरेको छ ।

प्रदेश सभाको बर्खे अधिवेशन असोज ८ गते अन्त्य भएको थियो । प्रदेश सभाका विषयगत समितिमा २ वटा विधेयक विचाराधीन रहे पनि यसबीचमा सरकारले थप विधेयक दर्ता गराएको छैन ।

मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले हिउँदे अधिवेशनमा कम्तीमा पनि १० वटा विधेयक पारित गर्ने गरी सरकारले तयारी गरेको सार्वजनिक लेखा समितिको केही सयमअघिको बैठकमा जानकारी गराएका थिए ।

Sadak 1
Leave A Reply

Your email address will not be published.