बुटवल । सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले राष्ट्रिय सहमतिमा मात्र संविधान संशोधन हुने बताएका छन् ।
बिहीबार रुपन्देहीमा देवदह औद्योगिक व्यापार मेला, कृषि तथा पर्यटन महोत्सव–२०८१ को उद्घाटन गर्दै सरकारका प्रवक्तासमेत रहेका उनले संविधान संशोधन गर्दा सबैको सहमतिका आधार गरिने बताएका हुन् ।
मन्त्री गुरुङले संघीयता, धर्म निरपेक्षता, समानुपातिक र समावेशिता परिवर्तन नहुने बताए । उनले राजनीतिक स्थिरताको लागि संविधान संशोधन गर्न खोजिएको भन्दै अनावश्यक प्रचार प्रतिपक्ष दल गरेको बताए ।
मन्त्री गुरुङले सुशासन कायम नगर्दासम्म देशको विकास हुन नसक्ने भन्दै कानुनी शासन कायम नहुँदा समस्या विकराल बन्दै जाने जिकिर गरे ।
उनले राजनीतिक स्थिरतासहित संविधान रक्षाको लागि नेपाली कांग्रेस र नेकपा एमाले मिलेर वर्तमान सरकार बनेको बताए ।