पोखरा । खेलकुद पत्रकार मञ्च गण्डकीको अध्यक्षमा मानबहादुर (एमबी) आस्था मगर निर्वाचित भएका छन् । मञ्चको बिहीबार भएको तेस्रो अधिवेशनले एमबीको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको हो ।
एमबीले अध्यक्षका प्रत्याशी हालका उपाध्यक्ष सुरज श्रेष्ठलाई ९ मतले पराजित गरे । दोस्रो अधिवेशनबाट सदस्य निर्वाचित भएका एमबीले ३६ मत पाउँदा सुरजले २७ मत ल्याए । उपाध्यक्षमा राजाराम पौडेल सर्वसम्मत भए । उनी यसअघि महासचिव थिए ।
उपाध्यक्ष (समावेशी) उमा आलेमगर निर्वाचित भइन् । उनले आकांक्षी राधिका कँडेललाई ९ मतले पराजित गरिन् । उमाले ३६ र राधिकाले २७ मत ल्याए।
महासचिवमा पर्शुराम शर्मा निर्वाचित भए । उनले ३८ मत ल्याउँदा प्रतिस्पर्धी लक्ष्मी जिसी पल्पसाले २५ मत पाइन् ।
सचिवमा राजु गिरी ४१ मतसहित विजयी भए । सचिवकी आकांक्षी कविता घर्तीमगरले २३ मत पाइन् ।
कोषाध्यक्षमा विमल तिवारी निर्विरोध भए ।
सदस्यमा गीता राना, कृष्ण दवाडी, चेतबहादुर (प्रवीण) थापा, बसबहादुर (वसन्त) शेर्पा, रिखिराम जिसी, विजय नेपाली र बालकुमारी पौडेल सर्वसम्मत भएको निर्वाचन समितिले जनाएको छ ।