सुचना१
newa srijana

नवौं मिस तामाङ पोखराको ग्राण्ड फिनाले शनिबार, तयारी पूरा

पोखरा । मिस तामाङ पोखरा २०२५ को ग्राण्ड फिनाले माघ १२ गत शनिबार हुँदैछ । बैदाम तामाङ सेवा समाजको आयोजनामा नवौं संस्करणको तयारी पूरा भएको छ । कार्यक्रम पोखरा सभागृह हलमा मध्यान्ह १२ बजेबाट शुरु हुने आयोजक संस्थाका अध्यक्ष ज्याक तामाङले जानकारी दिए ।

प्रतियोगितामा ११ जना तामाङ समुदायका युवतीहरुको सहभागिता छ । सहभागीहरुमा आकृति तामाङ, मञ्जिता पाख्रिन, प्रिन्सेस घिसिङ तामाङ, पुर्णिमा थिंङ्ग तामाङ, सुनिता तामाङ, शिशा लामा, सुप्रिया गोले तामाङ, पुर्णिमा लामा, सुमिना तामाङ, जमुना लामा र सोनिका तामाङ रहेको कार्यक्रम संयोजक रोश्मा ब्लोन तामाङले जानकारी दिइन् ।

प्रतियोगिताको विजेताले ताज, ट्रफी, प्रमाणपत्र सहित रु १ लाख नगद तथा आकर्षक गिफ्ट ह्याम्परहरु प्राप्त गर्ने आयोजकले जनाएको छ । फस्ट रनरअपले ताज, ट्रफी, प्रमाणपत्र सहित नगद ५० हजार रुपैयाँ प्राप्त गर्नेछ । त्यस्तै सेकेण्ड रनरअपले ताज, ट्रफी, प्रमाणपत्र सहित नगद ३० हजार रुपैयाँ हात पार्नेछन् । भ्युवर्स च्वाइसका रुपमा एकजनाले नगद २० हजार पुरस्कार समेत प्राप्त गर्नेछन ।

Pokhara महोत्सव

कार्यक्रमको मुल संयोजकमा पूर्व मिस तामाङ पोखरा रोश्मा ब्लोन तामाङ, सह संयोजक रोशिला तामाङ रहेका छन् । कार्यक्रमको प्रमुख निर्णायकमा चलचित्र निर्देशक तथा नेपाल चलचित्र विकास बोर्डका अध्यक्ष दिनेश डिसी, मिस नेपाल २००९ जेनिशा मोक्तान, गीतकार तीर्थ तामाङ रहने छन् भने चर्चित कलाकार विशाल काल्तान, राजेन्द्र नेपाली लगायतका कलाकारको प्रस्तुति रहने छ । कार्यक्रमबाट बचत रकम पेमा धेछेन्लिङ तामाङ शान्ति गुम्बा सहयोगार्थ खर्च गरिने आयोजकले जनाएको छ ।

सोनाम ल्होसारको अवसरमा आयोजित कार्यक्रमका सहभागीहरुलाई विभिन्न विषयमा तालिम दिइएको छ । तालिममा पोखरेली युवा साँस्कृतिक परिवारका निवर्तमान अध्यक्ष उपेन्द्र पौडेल, रेडियो अन्नपुर्णका स्टेशन म्यानेजर सन्जय मल्ल, नेपाल जेसिसका पुर्व अध्यक्ष राजु केसी, भाषाविद अमृत योञ्जन, पुर्व मिस तामाङ पोखरा कविता योञ्जन, नेपाल तामाङ घेदुङका केन्द्रिय उपाध्यक्ष दीपक वाइवा तामाङ, मिङमार तामाङ, पुर्व मिस नेपाल अनुष्का श्रेष्ठ, गण्डकी प्रदेशका प्रेस रजिष्टार विमला भण्डारी, वैदेशिक अध्ययनका चुनौतीका बारेमा नैना थिङ्ग लामा ताम्राकारले सहजीकरण गरेका थिए ।

अधिवक्ता जुना गुरुङ, गुरु लामा पाल्देन, फिटनेसबारे आभ्या क्लब, तामाङ समुदायको रितिरिवाजबारे नेपाल तामाङ घेदुङका पुर्व केन्द्रिय अध्यक्ष धनप्रसाद तामाङ, एभिन्युज टेलिभिजनका अध्यक्ष भाष्करराज कर्णिकार, नेपाल चलचित्र विकास बोर्डका अध्यक्ष दिनेश डिसी, नेपाल पत्रकार महासंघ कास्कीका उपाध्यक्ष कन्चन थापा, एस के डान्स स्कुलका संचालक राम लामाले फरकफरक कलाबारे सिकाएका थिए । यसगरि विद्याज डाइटका संचालक डाइटिसियन श्रीविद्या कायस्थले सन्तुलित आहार, गुरुङ व्युटी एकेडेमीका सौन्दर्यविद चिनु गुरुङले सौन्दर्यकला, खोजमिडियाका संचालक एवम फोटो पत्रकार गणेश ब्लोन लामाले फोटोग्राफी, इलाका प्रहरी कार्यलाय शिशुवाका प्रमुख प्रहरी नायब उपरीक्षक श्रवणकुमार विकले साइबर सुरक्षा र नेपाल पत्रकार महासंघ कास्कीका पूर्वअध्यक्ष तथा एभरेष्ट रेडियोका प्रबन्ध निर्देशक दीपेन्द्र श्रेष्ठले लिडरसिपका बारेमा प्रशिक्षण दिएका थिए ।

पुल सेन्टर
वडा नं २६