GIF TIGER CUP

बीमा प्राधिकरण अध्यक्ष बन्न १२ जनाले दिए आवेदन

काठमाडौं । नेपाल बीमा प्राधिकरण अध्यक्ष पदका लागि १२ जनाको आवेदन परेको छ ।

अर्थ मन्त्रालयका अनुसार अध्यक्ष पदमा नियुक्तिका लागि गठित सिफारिस समितिले माग गरेको आवेदनमा कुल १२ जनाको आवेदन परेको हो ।

कमलप्रसाद रेग्मी, डा. देवराज रोका, शरद ओझा, चीरञ्जीवी चापागाईं, विष्णुबाबु मिश्र, बुद्धकाजी श्रेष्ठ, दामोदर बसौला, डिमप्रसाद पौडेल, रामशरण पुडासैनी, विक्रान्त पाण्डे, रमण नेपाल र विनोदकाजी श्रेष्ठको आवेदन परेको मन्त्रालयले जनाएको छ ।

GIF TIGER CUP

आवेदकमध्ये रेग्मी बीमा प्राधिकरणकै कार्यकारी निर्देशक हुन् भने चापागाईं प्राधिकरणका पूर्वअध्यक्ष हुन् । पुडासैनी पूर्वराजस्व सचिव, पौडेल नेपाल वायुसेवा निगमका पूर्वमहाप्रबन्धक, बसौला स्वास्थ्य बीमा बोर्डका पूर्वकार्यकारी निर्देशक र नेपाल नागरिक लगानी कोषका पूर्वकार्यकारी निर्देशक हुन् ।

यसअघि समितिले २६ पुसमा १५ दिनको समयावधि राखेर आवेदन माग गरेको थियो । तत्कालीन अध्यक्ष सूर्यप्रसाद सिलवालविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुद्दा दायर गरेसँगै प्राधिकरणमा अध्यक्ष पद रिक्त छ ।

Leave A Reply

Your email address will not be published.