GIF TIGER CUP

नेपाल प्रहरीका ३७ डीएसपी एसपीमा बढुवा सिफारिस

काठमाडौँ । नेपाल प्रहरीको जनपद समूहतर्फका ३७ जना प्रहरी नायव उपरीक्षक (डीएसपी)लाई प्रहरी उपरीक्षक (एसपी)मा बढुवा गर्न सिफारिस गरिएको छ । नक्साल स्थित प्रहरी प्रधान कार्यालयमा बसेको बढुवा समितिको बैठकले सिफारिस सूची प्रकाशन गरेको हो ।

सिफारिस सूचीको पहिलो नम्बरमा डीएसपी कुलदीप चन्द रहेका छन् । सिफारिस हुनेमा सुमित खड्का, ठाकुरप्रसाद पोखरेल, मनोहरप्रसाद भट्ट, दिपक गिरी, नवीनकृष्ण भण्डारी, तिलक भारती, केशवकुमार थेवे, सुर्य खड्का, दिपक श्रेष्ठ, प्रेमबहादुर शाही, टेकबहादुर कार्की क्षेत्री, फणीन्द्र प्रसाईँ र शरतकुमार थापा क्षेत्री रहेका छन् ।

त्यस्तै बढुवा सिफारिस हुनेमा युवराज खड्का, राजन चापागाईँ, किशोरकुमार श्रेष्ठ, मुकुन्दप्रसाद रिजाल, पवनकुमार भट्टराई, रवीन्द्रनाथ पौडेल, दानबहादुर थापा, सुदिपराज पाठक, निशान थापा, कवित कटवाल, रामेश्वर पौडेल, रुकेश तन्डुकार, दधिराम न्यौपाने र नवीन कार्की छन् । सिफारिस हुने अन्य अधिकृतहरूमा श्यामकुमार सारुमगर, नरेन्द्र कुँवर, नारायणप्रसाद अधिकारी, भेषराज रिजाल, निर्मल बुढाथोकी, नवराज मल्ल, डिल्लीनारायण श्रेष्ठ, लालध्वज सुवेदी र रुगमबहादुर कुँवर छन् ।

GIF TIGER CUP
Leave A Reply

Your email address will not be published.