टाइगर कप भलिबलः पुलिसमाथि न्यू डायमन्डको रोमाञ्चक जित

पोखरा । एनसेल पाँचौं टाइगर कप भलिबल प्रतियोगितामा महिलातर्फ दोस्रो खेलमा टिपटप न्यू डायमन्ड स्पोर्ट्स क्लबले नेपाल पुलिस क्लबलाई पराजित गरेको छ । पोखरा रंगशालास्थित भलिबल कोर्टमा शनिबार भएको खेलमा न्यू डायमन्डले पुलिसलाई ३–२ ले जित निकालेको हो ।

पहिलो सेट २५–१२ ले आफ्नो पक्षमा पारेको पुलिसले दोस्रो सेट २३–२५ ले डायमन्डलाई सुम्पिएको थियो । निकै प्रतिस्पर्धात्मक भएको तेस्रो सेट पुलिसले २६–२४ ले आफ्नो पक्षमा पारेका थियो । चौँथो सेटमा उत्कृष्ट प्रदर्शन गर्दै न्यू डायमन्डले २५–१८ आफ्नो पक्षमा पार्दा खेल पाँचौं सेटमा धकेलिएको थियो । पाँचौं सेटमा उत्कृष्ट प्रदर्शन गर्दै न्यू डायमन्डले पुलिसलाई १५–१० ले पराजित गर्‍यो ।

यसअघि भएको पहिलो खेलमा शसस्त्र प्रहरी बल (एपीएफ) ले ट्राभल इन्क्वारी युनाइटेड प्यासन भलिबल क्लब थाइल्याण्डलाई ३–२ सेटले पराजित गरेको थियो ।

टाइगर ग्रुप अफ पोखरा नेपालको आयोजनामा आजबाट सुरु भएको पाँचौं संस्करणको टाइगर कप भलिबल १९ गतेसम्म चल्नेछ । प्रतियोगिताको पुरुषतर्फका खेल भने आइतबार हुनेछन् ।

Leave A Reply

Your email address will not be published.