GIF TIGER CUP

जनताबाट अस्वीकृत भएकाहरूले सरकारविरुद्ध भ्रम फैलाए : शंकर पोखरेल

काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले जनताबाट अस्वीकृत भएकाहरूले सरकारविरुद्ध भ्रम फैलाएको टिप्पणी गरेका छन् ।

शनिबार काठमाडौंमा सुरु भएको राष्ट्रिय युवा संघको कार्यक्रमलाई सम्बोधन गर्दै उनले कांग्रेस र एमालेबीच गठबन्धन हुनुको मुख्य कारण स्थिरता भएको बताए । तर, उनले जनतालाई दिग्भ्रमित बनाउन खोजिएको बताए । उनले लोकतन्त्रमा जनताले पत्याएका दलले शासन गर्ने विषय प्राकृतिक भएको जिकिर गरे ।

महासचिव पोखरेलले कांग्रेस र एमाले सधैँका लागि नमिलेको उल्लेख गर्दै आगामी चुनाव एक्लाएक्लै लड्ने बताए । उनले अब कांग्रेस र एमाले कसैको बैशाखी नटेकी चुनावमा जाने र त्यसपछि अस्वीकृत दलहरूले सरकार बनाउने अवस्था सकिने बताए ।

GIF TIGER CUP

कार्यक्रममा पोखरेलले एमाले पार्टीको नीति नै देशको नीति बन्नुपर्ने उल्लेख गर्दै त्यसका लागि २०८४ मा एमालेको एकल बहुमतको सरकार हुनुपर्ने बताए ।

उनले देशलाई बलियो राजनीतिक दल, स्पष्ट राजनीतिक दृष्टिकोण र दूरदर्शी नेतृत्व आवश्यक रहेको भन्दै त्यो क्षमता नेकपा एमाले र एमाले अध्यक्ष केपी शर्मा ओलीसँग मात्र रहेको दावी गरे । उनले देशलाई असफल बनाउन चाहनेहरूले एमाले र ओलीमाथि हमला गरेको टिप्पणी गरे ।

Leave A Reply

Your email address will not be published.