GIF TIGER CUP

आज शहीद दिवस

काठमाडौं । प्रजातन्त्र स्थापना एवं पुनःस्थापना तथा विभिन्न कालखण्डमा स्वतन्त्रताका लागि जीवन आहुति दिनेहरुको सम्झनामा आज शहीद दिवस मनाइँदैछ । दिवसको अवसरमा सरकारले सार्वजनिक बिदा दिएको छ ।

सोमवार सिंहदरबारमा बसेको मन्त्रिपरिषद् बैठकले शहीद सप्ताहको अन्तिम दिन बुधबार भव्य रुपमा शहीद दिवस मनाउने निर्णय गरेको थियो ।

वि।सं २०१२ देखि नै तत्कालीन काठमाडौं नगरपालिकाको संयोजकत्वमा प्रत्येक वर्ष माघ १० देखि १६ गतेसम्म साताव्यापी कार्यक्रम गरी शहीद सप्ताह मनाउने गरिन्छ । यस वर्ष शहीद सप्ताहको अन्तिम दिन सरकारकै तर्फबाट शहीद दिवस मनाउन लागिएको हो ।

GIF TIGER CUP

स्वतन्त्रताको माग गर्दा विसं १९९७ मा शहीद शुक्रराज शास्त्रीलाई माघ १० गते काठमाडौंको टेकुस्थित पचलीमा, माघ १३ गते धर्मभक्त माथेमालाई सिफलमा र गंगालाल श्रेष्ठ एवं दशरथ चन्दलाई माघ १५ गते शोभाभगवतीमा राणा शासकले मृत्युदण्ड दिएका थिए ।

देशको विकास र जनताका अधिकारका खातिर आफ्नो जीवन उत्सर्ग गरेका अमर सहिदहरूप्रति श्रद्धाञ्जली व्यक्त गर्दै मुलुकका उच्चपदस्थ व्यक्तिहरूले सहिद दिवसका अवसरमा सन्देश जारी गरेका छन् ।

कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले नागरिक स्वतन्त्रता, लोकतन्त्र र गणतन्त्र प्राप्तिका लागि विभिन्न समयमा आफ्नो प्राण उत्सर्ग गर्ने सम्पूर्ण वीर सहिदहरूप्रति सम्मानका साथ हार्दिक श्रद्धासुमन अर्पण गरेका छन् ।

बागमती प्रदेश प्रमुख दीपकप्रसाद देवकोटाले इतिहासका विभिन्न कालखण्डमा देशका निम्ति आफ्नो प्राणको आहुती दिने ज्ञातअज्ञात सहिदहरूप्रति श्रद्धाञ्जली अर्पण गर्दै सहिदहरूको बलिदानको मर्मलाई बुझी समृद्ध नेपालको साझा सपना साकार पार्न जिम्मेवारीपूर्वक आ–आफ्नो कर्तव्यपालनमा सबैलाई प्रेरणा मिलोस् भन्ने कामना गरेका छन् ।

गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले पनि सहिदहरूको बलिदानीपूर्ण संघर्षबाट प्राप्त राजनीतिक उपलब्धिको रक्षा गर्नुपर्ने बताउँदै देशमा स्वच्छ राजनीतिक संस्कारको विकास तथा आर्थिक, सामाजिक र सांस्कृतिक रूपान्तरण गर्ने सोचसहित अघि बढ्नु नै सहिदहरूप्रति सच्चा श्रद्धाञ्जली हुने उल्लेख गरेका छन् ।

लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले सुशासन, जवाफदेहिता र दिगो विकासबिना राष्ट्रिय लक्ष्य हासिल गर्न कठिन हुने बताउँदै विकासको लक्ष्य प्राप्तिका लागि सामूहिक प्रतिबद्धता जनाउनुपर्नेमा जोड दिएका छन् । बुधबार जारी गरेको सन्देशमा उनले संघीय लोकतान्त्रिक गणतन्त्रलाई संस्थागत गर्दै संविधानले परिकल्पना गरेका लक्ष्य प्राप्त गर्नु नै सहिदप्रतिको सच्चा श्रद्धाञ्जली हुने बताए ।

सुदूरपश्चिम प्रदेशका प्रमुख नजिर मियाँले नागरिक स्वतन्त्रता, लोकतन्त्रको स्थापना र राष्ट्रियताको रक्षाका लागि जीवन उत्सर्ग गरेका सहिदहरूप्रति श्रद्धाञ्जली व्यक्त गर्दै नेपाली जनतालाई स्वतन्त्र र सार्वभौमसत्ता सम्पन्न बनाउन इतिहासका विभिन्न कालखण्डमा आफ्नो अमूल्य जीवन बलिदान गरेका सहिदका सपना साकार पार्नेतर्फ लाग्नुपर्नेमा जोड दिएका छन् ।

Leave A Reply

Your email address will not be published.