पोखरा । नेपाली काँग्रेसका जिल्ला सभापति र उपसभापति पोखरामा भेला हुने भएका छन् । उनी पोखरामा हुने प्रशिक्षण कार्यक्रममा सहभागी हुने भएक हुन् ।
नेपाली काँग्रेस केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानको आयोजना तथा नेपाली काँग्रेस कास्कीको व्यवस्थापनमा माघ २२ र २३ गते कार्यक्रम हुन लागेको हो ।
७७ वटै जिल्लाका सभापति र जिल्लाको प्रशिक्षण शाखा प्रमुखको जिम्मेवारीमा रहेका उपसभापतिहरु कार्यक्रममा सहभागि रहने नेपाली काँग्रेस कास्कीका सहसचिव एवं प्रवत्ता नवीन सिग्देलले जानकारी दिए ।
प्रशिक्षणको उद्घाटन कार्यक्रममा नेपाली काँग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा, उपसभापति पूर्णबहादुर खड्का, महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मा लगायतका नेताहरुको उपस्थिति रहने छ ।
कार्यक्रमको व्यवस्थापनलाई विशेष प्राथमिकता दिएर कास्की काँग्रेसले काम गरिरहेको जिल्ला सभापति किशोरदत्त बरालले बताए । कार्यक्रमलाई लक्षित गर्दै विभिन्न उपसमितिहरु गठन गरी काम उनले जानकारी दिए ।