GIF TIGER CUP

गोरखामा आफैं चढेको ट्याक्टरले किचेर एक जनाको मृत्यु

गोरखा । आफैं चढेको ट्याक्टरले किच्दा गोरखामा एक जनाको मृत्यु भएको छ । आरुघाट गाउँपालिका–५ भलछोपेका १८ वर्षीय रामबहादुर रानाको मृत्यु भएको हो ।

ना ६ त ९६३० नम्बरको ट्याक्टर चढेर आर्खेतबाट माछीखोला जाने क्रममा शुक्रबार बिहान करिब २ बजे ट्याक्टरबाट खस्न गई पछाडिको पाङ्‍ग्राले कुल्चिएर उनको मृत्यु भएको जिप्रका गोरखाका प्रहरी नायब उपरीक्षक इन्द्रप्रसाद सुवेदीले बताए ।

आरुघाट-माछीखोला सडकखण्डको खुर्सानी भन्ने स्थानमा उनी मृत फेला परेका थिए । प्रारम्भिक अनुसन्धानले ट्याक्टरबाट खसेर ज्यान गएको खुल्न आयो ।

GIF TIGER CUP

ट्याक्टर र चालकलाई नियन्त्रणमा लिएर घटनाबारे थप अनुसन्धान भइरहेको सुवेदीले जानकारी दिए । उनकाअनुसार शव पोष्टमार्टमका लागि आरुघाट आधारभूत अस्पतालमा राखिएको छ ।

Leave A Reply

Your email address will not be published.