GIF TIGER CUP

बढ्यो पेट्रोलियम पदार्थको मूल्य

काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको छ ।

इण्डियन आयल कर्पोरेशनबाट नयाँ मूल्य बढेर आएपछि निगमले नेपालमा पनि मूल्य बढाएको हो ।

मूल्य बढेर आएपछि नेपालमा पेट्रोलमा प्रतिलिटर २ र डिजेलरमट्टितेलमा ४ रुपैयाँ बढाइएको छ । त्यस्तै, हवाई इन्धन आन्तरिकतर्फ प्रतिलिटर ६ र अन्तर्राष्ट्रियतर्फ काठमाडौंका लागि प्रतिलिटर ४३ डलरका दरले बढाइएको छ भने पोखरा र भैरहवाका लागि ब्रेक इभन पोइन्टमा बिक्री मूल्य कायम गरिएको निगमले जनाएको छ ।

GIF TIGER CUP

यससँगै अब पेट्रोलको मूल्य पहिलो वर्गमा १६४.५० रुपैयाँ, दोस्रोमा १६६ रुपैयाँ र तेस्रोमा १६७ रुपैयाँ प्रतिलिटर भएको छ । त्यस्तै, डिजेलरमट्टितेलको मूल्य पहिलो वर्गमा १५७.५० रुपैयाँ, दोस्रोमा १५९ र तेस्रोमा १६० रुपैयाँ भएको छ ।

Leave A Reply

Your email address will not be published.