GIF TIGER CUP

टाइगर कप भलिबलः न्यू डायमण्डलाई हराउँदै आयोजक फाइलनमा प्रवेश

पोखरा । टिपटप न्यू डायमण्ड स्पोर्टस्क्ल बलाई हराउँदै आयोजक टोली पोखरामा जारी एनसेल पाँचौं टाइगर कप राष्ट्रिय तथा अन्तर्राष्ट्रिय भलिबल प्रतियोगिताको महिलातर्फ फाइनलमा प्रवेश गरेको छ ।

टाइगर ग्रुप अफ पोखरा नेपालको आयोजनामा पोखरा रंगशालामा आज भएको दोस्रो क्वालिफायरमा न्यू डायमण्डलाई ३–१ सेटले पराजित गर्दै आयोजक टोलीले फाइलन यात्रा तय गरेको हो ।

पहिलो सेट १६–२५ ले गुमाएको आयोजक टाइगर ग्रुपले दोस्रो, तेस्रो र चौथो सेटमा उत्कृष्ट पुनरागमन गर्दै फाइलन यात्रा सुरक्षित गर्‍यो । टाइगर ग्रुपले दोस्रो सेट २५–१९, तेस्रो २५–१५ र चौथो सेट २५–२३ ले आफ्नो पक्षमा पार्‍यो । आयोजक टोलीले अब उपाधिका आइतबार सशस्त्र प्रहरी बल एपीएफसँग खेल्नेछ ।

GIF TIGER CUP

पराजित भएको न्यू डायमण्ड तेस्रो बनेको छ । तेस्रो बनेको न्यू डायमण्डले १ लाख ८५ हजार ५५५ रुपैयाँ प्राप्त गर्‍यो ।

अब पुरुषतर्फ दोस्रो क्वालिफायरमा गण्डकी प्रदेश र त्रिभुवन आर्मी क्लबबिच प्रतिष्पर्धा हुनेछ । उक्त खे साढे १ बजेबाट सुरु हुने तालिका छ । यो खेलको विजेताले उपाधिका लागि नेपाल पुलिस क्लबसँग भिड्नेछ ।

Leave A Reply

Your email address will not be published.