GIF TIGER CUP

स्वागत मन्तव्य दिएर मञ्चबाट ओर्लिएका वडाध्यक्षको हृदयाघातबाट निधन

नवलपरासी । नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को कावासोती नगरपालिका–१ का वडाध्यक्ष तवारक अहमद मियाँको हृदयाघातका कारण निधन भएको छ ।

शनिबार दिउँसो गैँडाकोटमा राष्ट्रिय युवा संघको जिल्ला अधिवेशनमा सहभागी भइरहेका बेला हृदयाघातका कारण मृत्यु भएको युवा संघका केन्द्रीय सदस्य मदन गिरीले बताए ।

राष्ट्रिय युवा संघ नेपाल नवलपुरको दशौँ जिल्ला अधिवेशनमा स्वागत मन्तव्य व्यक्त गरेर मञ्चबाट ओर्लिएका उनी त्यहीँ लडेका थिए । उनलाई तत्काल चितवन मेडिकल कलेज लगिएकामा चिकित्सकले मृत घोषित गरेका सदस्य गिरीले जानकारी दिए ।

GIF TIGER CUP

मियाँको निधन भएपछि जिल्ला अधिवेशन स्थगित गरिएको छ ।

३७ वर्षीय उनका श्रीमती, तीन छोरी र एक छोरा छन् । राष्ट्रिय युवा संघ नेपाल नवलपुरका सहसचिव समेत रहेका उनी स्थानीय तह निर्वाचनमा नेपाल कम्युनिस्ट पार्टी (एमाले)का तर्फबाट निर्वाचित भएका थिए ।

Leave A Reply

Your email address will not be published.