GIF TIGER CUP

घट्यो सुनको भाउ

काठमाडौं । नेपाली बजारमा आज सुनको मूल्य घटेको छ भने चाँदीको मूल्य बढेको छ।

बिहीबार प्रतितोला एक हजार छ सय रूपैयाँ बढेको सुनको मूल्य शुक्रबार प्रतितोला चार सय रूपैयाँ घटेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख ६८ हजार एक सय रूपैयाँमा कारोबार भइरहेको छ ।

GIF TIGER CUP

बिहीबार छापावाल सुन प्रतितोला एक लाख ६८ हजार पाँच सय रूपैयाँमा कारोबार भएको थियो ।

यस्तै, शुक्रबार चाँदीको मूल्य भने बढेको छ ।

यस दिन चाँदीको मूल्य प्रतितोला एक हजार आठ सय ८५ रूपैयाँमा कारोबार भइरहेको छ ।

बिहीबार चाँदी प्रतितोला एक हजार आठ सय ८० रूपैयाँमा कारोबार भएको थियो ।

यो मूल्य अघिल्लो दिनको तुलनामा प्रतितोला पाँच रूपैयाँ बढेको हो ।

आज अन्तर्राष्ट्रिय बजारमा भने सुन प्रतिऔंस २८ सय ६६ अमेरिकी डलरमा कारोबार भइरहेको छ ।

Leave A Reply

Your email address will not be published.