GIF TIGER CUP

सामाजिक सञ्जालसम्बन्धी विधेयक परिमार्जन नगरी पारित हुँदैनः गगन थापा

चितवन । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले सामाजिक सञ्जाल विधेयक नसच्याई, परिमार्जन नभई र संशोधनबिना पारित नहुने बताएका छन् ।

चितवनमा सोमबार पत्रकारसँग कुराकानी गर्दै उनले सामाजिक सञ्जालमा धेरै समस्या रहेको बताएका हुन् । ‘सरकारले सामाजिक सञ्जाल नियमनको विषयमा ल्याएको विधेयक आएको जसरी कानून बन्दैन। यो विधेयकमा धेरै समस्या छ। त्यसैले विधेयक नसच्याई, परिमार्जन नभई र संशोधनबिना पारित हुँदैन,’ उनले भने ।

उनले सरकारले ल्याएको अध्यादेश एक–दुई दिनमा संसदमा टेबल हुने बताए। टेबल भएपछि संसदबाट छलफलसहित पास हुने उनको भनाइ छ ।

GIF TIGER CUP

महामन्त्री थापाले पार्टीको महाधिवेशन २०८४ को चुनावअघि नै हुने बताएका छन् ।

थापाले कानुन र पार्टीको विधानले व्यवस्था गरेअनुसार चार वर्षमा महाधिवेशन हुने बताए । ‘हामीले तोकिएको समयमा महाधिवेशन गर्नका लागि आगामी चैतभित्र पार्टीको क्रियाशिल सदस्यता टुङ्ग्याउने गरी काम गरेका छौँ, तल्लो तहका साथीहरूले त्यसलाई सहयोग गर्नुपर्‍यो,’ थापाले भने ।

विधानले एक वर्ष समय थप गर्न सक्ने व्यवस्था गरेको भए पनि दुई–तीन महिना तलमाथि भए पनि एक वर्ष पूरै नथपिने उनले बताए । उनले भने, ‘नेपाली कांग्रेसको विधानअनुसार २०८२ सालको मङ्सिर/पुसमा चार वर्षको कार्यकाल सकिन्छ, हाम्रो प्रयास चार वर्षभित्र महाधिवेशन गर्ने थियो र अहिले पनि छ, तर पार्टीको सदस्यता वितरण र अन्य कुरा हेर्दै गर्दा ठ्याक्कै त्यही तिथिमितिभित्र हामी भ्याउँछौँ नै भनेर सम्पूर्ण रूपमा दाबी गर्ने अवस्था छैन’, उनले भने, ‘एक वर्षका लागि म्याद थपको सुविधा रहन्छ, सभापतिसँग बसेर सल्लाह गरिरहेका छौँ, जति समय आवश्यक पर्छ त्यति समय अघि बढाऔँ ।’

पार्टीको महाधिवेशन २०८४ निर्वाचनअघि जति महाधिवेशन अघि तान्न सक्यो त्यति हितकर हुने उनको भनाइ थियो ।

Leave A Reply

Your email address will not be published.