newa srijana

कांग्रेसको नीति प्रतिष्ठानमा प्रशिक्षण र अनुसन्धान निर्देशक नियुक्त

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानमा प्रशिक्षण र अनुसन्धानतर्फ निर्देशक नियुक्त भएका छन् ।

World link net

उपसभापति पूर्णबहादुर खड्का नेतृत्वमा रहेको प्रतिष्ठानमा बुधबार प्रशिक्षणतर्फ निर्देशकमा कास्कीका कृष्णप्रसाद पौडेल र अनुसन्धानतर्फ निर्देशकमा चितवनका सञ्जय महतो थारू नियुक्त भएका हुन् ।

प्रतिष्ठान प्रमुख उपसभापति खड्काले कांग्रेसको विधान, २०१७ (संशोधन सहित) को धारा ३६ तथा कांग्रेसको नियमावली, २०७६ को परिच्छेद १२, नियम ३३ बमोजिम गठित केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानको निर्देशकहरू नियुक्त गरेको मुख्यसचिव कृष्णप्रसाद पौडेलले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

सिटीजन फनिच्रर