GIF TIGER CUP

अन्तर्राष्ट्रिय महिला फुटबल खेल्न नेपाल फर्किइन् एन्जिला

काठमाडौं । चार देश सम्मिलित अन्तर्राष्ट्रिय महिला फुटबल प्रतियोगितामा सहभागिता जनाउन नेपाली राष्ट्रिय महिला फुटबल टिमकी कप्तान एन्जिला तुम्बापो सुब्बा स्वदेश फर्किएकी छिन् ।

आगामी ५ देखि १४ फागुनसम्म सञ्चालन हुने उक्त प्रतियोगिताका लागि व्यावसायिक फुटबल खेल्न ग्रिस पुगेकी तुम्बापो बुधबार काठमाडौं आइपुगेकी हुन् । एन्जिलाले ग्रिसको शीर्ष श्रेणीको क्लब निस अट्रोमिटौबाट खेल्दै आएकी छिन् ।

यसैगरी व्यावसायिक फुटबल खेल्न फ्रान्समा रहेकी सावित्रा भण्डारी ‘साम्बा’ र साउदीमा रहेकी रेखा पौडेल केही दिनभित्र आइपुग्ने अखिल नेपाल फुटबल संघ (एन्फा) का प्रवक्ता सुरेश शाहले जानकारी दिए । पहिलोपटक आयोजना गर्न लागिएको उक्त प्रतियोगितामा नेपालसहित कीर्गिस्तान, म्यानमार र लेबनानको सहभागिता रहनेछ ।

GIF TIGER CUP

उक्त प्रतियोगिताको टिकेटिङ राइट १ करोड ३५ लाख र ब्रोडकास्टिङ राइट ६६ लाख रुपैयाँमा बिक्री गरिएको एन्फाले जनाएको छ । त्रिपुरेश्वरस्थित दशरथ रंगगशालामा हुने प्रतियोगिताको टिकट दर भीआईपीतर्फ एक हजार र साधारण प्यारापिटतर्फ पाँच सय रुपैयाँ तोकिएको छ ।

Leave A Reply

Your email address will not be published.