GIF TIGER CUP

चर्च ब्वाइजलाई हराउँदै पुलिस फाइनलमा प्रवेश

पोखरा । चर्च ब्वाइज युनाइटेडलाई हराउँदै विभागीय टोली नेपाल पुलिस क्लब पोखरामा जारी २४औँ आहारारा पोखरा गोल्डकपको फाइनलमा प्रवेश गरेको छ । बुधबार पोखरा रंगशालामा भएको खेलमा पुलिसले सहिद स्मारक ए डिभिजन लिग च्याम्पियन चर्च ब्वाइजलाई १–० ले हराउँदै फाइनलको यात्रा तय गरेको हो ।

पुलिसलाई जित दिलाउन सञ्जीव लामाले निर्णायक गोल गरे । खेलको पहिलो हाफमा बराबरीमा समाप्त भए पनि सञ्जीवले ५८औँ मिनेटमा गोल गर्दै पुलिसलाई अग्रतामा राखेका थिए । मोफसलकै सबैभन्दा प्रतिष्ठित प्रतियोगिताको रूपमा रहेको आहा रारा गोल्डकपको २४औँ संस्करण आइपुग्दा यो २५० औँ खेल हो ।

जितसँगै फाइनलमा प्रवेश गरेको पुलिसले अब उपाधिका निम्ति आगामी शनिबार उज्वेकिस्तानको ब्ल्याक बुल्स एफसी र नेपालकै थ्री स्टार क्लबबीचको विजेतासँग प्रतिस्पर्धा गर्नेछ। दोस्रो सेमिफाइनल बिहीबार हुनेछ ।

GIF TIGER CUP

प्रतियोगितामा ३ विदेशीसहित १२ टिम सहभागी छन् । विजेताले १२ लाख १ हजार र उपविजेताले ६ लाख १ हजार रुपैयाँ पाउनेछन् ।

गत संस्करणको विजेता त्रिभुवन आर्मी र उपविजेता थ्री स्टार हुन् ।

Leave A Reply

Your email address will not be published.