GIF TIGER CUP

ब्ल्याक बुल्सको उत्कृष्ट प्रदर्शन, थ्री स्टारलाई हराएर फाइनल प्रवेश

पोखरा । पाँचपल्टको च्याम्पियन थ्रीस्टार क्लबलाई हराउँदै ब्ल्याक बुल्स फुटबल क्लब उज्वेकिस्तानको टोली २४ औं आहा–रारा पोखरा गोल्डकपको फाइनल प्रवेश गरेको छ ।

पोखरा रंगशालामा बिहीबार थ्रीस्टारलाई ४–० को अन्तरले हराउँदै ब्ल्याक बुल्स फाइनल पुगेको हो ।

ब्ल्याक बुल्सको जितमा कुभोन्चबेक ओलिमोभ, साभकातजोन सात्तोरोभ, असिलबेक ओरिफजोनोभ र साइदजामोल दाभलातजोनोभले १–१ गोल गरे । खेल अवधिभर ब्ल्याक बुल्स निकै हावी बनेको थियो । उक्त टिमको पास र फिनिसिङ प्रशंसालायक थियो ।

GIF TIGER CUP

ब्ल्याक बुल्स आहा–रारामा क्वाटरफाइनलमा भारतको थन्डरबोल्ट नर्थ युनाइटेडलाई ३–० ले हराउँदै सेमिफाइनल प्रवेश गरेको थियो ।

पहिलोपल्ट नेपालमा खेलेको यो टिमले नेपाल पुलिस क्लबसँग फाइनल खेल्ने छ । फाइनल खेल शनिबार दिउँसो २ बजेदेखि हुनेछ ।

प्रतियोगितामा ३ विदेशीसहित १२ टिम सहभागी छन् । विजेताले १२ लाख १ हजार र उपविजेताले ६ लाख १ हजार रुपैयाँ पाउनेछन् ।

गत संस्करणको विजेता त्रिभुवन आर्मी र उपविजेता थ्री स्टार हुन् ।

 

Leave A Reply

Your email address will not be published.