newa srijana

प्रेस चौतारी गण्डकीको अध्यक्षमा इन्द्रप्रसाद पौडेल सर्वसम्मत चयन

पोखरा । प्रेस चौतारी नेपाल गण्डकी प्रदेशको अध्यक्षमा मैदान न्यूज डटकमका सञ्चालक इन्द्रप्रसाद पौडेल चयन भएका छन् । नवलपुरको कावासोती– १५ अमलटारीमा मंगलबार सम्पन्न नेकपा एमालेनिकट पत्रकारको संगठन प्रेस चौतारीको दोस्रो अधिवेशनले पौडेलको अध्यक्षतामा २४ सदस्यीय नयाँ कार्यसमिति सर्वसम्मत चयन गरेको हो ।

चौतारीको प्रदेश उपाध्यक्षमा इतराज गुरुङ, महिला उपाध्यक्षमा रञ्जिता शर्मा, महासचिवमा आश गुरुङ चयन भएका छन् । पौडेल अध्यक्षमा र गुरुङ महासचिवमा दोहोरिएका हुन् ।

सिटीजन फनिच्रर

त्यस्तै, कोषाध्यक्षमा मदन तिमिल्सिना, सचिवहरूमा गौरव त्रिपाठी, गोपाल जिटी, सिर्जना बराल, बालकृष्ण सुवेदी र डिलबहादुर विक चयन भएका प्रेस चाैतारी नवलपुरका अध्यक्ष तीर्थराज डुम्रेले जानकारी दिए ।

Mountain run pokhara click

सदस्यहरूमा राजन पौडेल, रोशन लामिछाने, डा. नरनाथ पाण्डे, हरि सुवेदी (सुशील), राम सुनार, अर्जुन गाहा, विजय नेपाल, सुवास गौतम, राजन उपाध्याय, दयाराम आचार्य, रञ्जन अधिकारी, रामबहादुर खत्री, शिव बोहोरा र निरज थकाली चयन भएका छन्। अधिवेशनको सोमबार प्रेस चौतारीका केन्द्रीय अध्यक्ष गणेश बस्नेतले उद्घाटन गरेका थिए ।

अध्यक्ष निर्वाचित २१ वर्षदेखि पत्रकारितामा सक्रिय पौडेल कान्तिपुर टेलिभिजनमा कार्यरत छन् ।

Rabin photo