GIF TIGER CUP

कांग्रेस इमान्दार छ, प्रचण्डजस्तो यताबाट उफ्रेर अर्कोतिर जाँदैनौं : गगन थापा

प्युठान । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले नेकपा एमालेसँगको सत्ता साझेदारीमा कांग्रेस इमान्दार रहेको बताएका छन् । ०८४ सालसम्म कांग्रेस–एमाले गठबन्धन कायम रहने उनले दाबी गरे ।

सोमबार प्युठानमा नेपाली कांग्रेसले आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै महामन्त्री थापाले आगामी आमनिर्वाचनसम्म कांग्रेस र एमाले मिलेर जाने बताएका हुन् । ३ वर्षमा परिणाम दिनेगरी एमालेसँग सत्ता साझेदारी गरिएको उनले बताए । ‘२०७९ सालको चुनावअघि हामीले ५ दलीय गठबन्धन बनाएका थियौं । सहमति तोडेर प्रचण्डले कांग्रेस छाडेर एमालेसँग मिल्न जानु भएको हो । हामी प्रचण्ड जस्तो होइन, एमालेसँग सरकारमा छौं, हामी इमान्दार भएर भूमिका निर्वाह गर्न चाहन्छौं’ थापाले भने, ‘कम्तीमा २०८४ सम्म सत्ता साझेदारी गर्नेमा कांग्रेसको इमान्दारी रहन्छ । कुनै चकचक र उपद्रो गरेर यताबाट उफ्रेर अर्कोतिर जाँदैनौं ।’

महामन्त्री थापाले एमालेसँग सत्ता साझेदारी गर्दा कांग्रेसका केही सर्त रहने बताए । ‘एमालेसँग मिलेर सरकार चलाउँदा हाम्रा केही सर्त छन्, कानूनको शासनमा हामी सम्झौता गर्दैनौं । जनताका अधिकारसँग सम्झौता गर्दैनौं, जुन कुराको लागि कांग्रेसको स्थापना भएको थियो ती कुरासँग सम्झौता हुँदैन,’ उनले भने । महामन्त्री थापाले केन्द्रदेखि प्रदेशसम्म सहअस्तित्वको आधारमा एमालेसँग सहकार्य गर्ने बताए । ‘न हामी एमालेलाई हेप्छौं, न हेपिन्छौं, केन्द्रदेखि जिल्लामा त्यही व्यवहार चाहन्छौं । दुर्व्यवहार सहेर कांग्रेस बस्दैन । यी सर्तका आधारमा एमालेसँग मिलेर केही परिणाम दिन चाहन्छौं’, थापाले भने ।

GIF TIGER CUP

बीपी कोइरालाले १८ महिनाको समयमा धेरै उल्लेखनीय काम गरेको स्मरण गर्दै थापाले आगामी ३६ महिनामा नतिजा दिनेगरी कांग्रेस-एमालेले काम गर्नुपर्ने बताए ।

Leave A Reply

Your email address will not be published.