पोखरा । तनहुँको व्यास नगरपालिकाले फागुन १५ गते सार्वजनिक बिदा दिएको छ ।
४३ औं मगर स्थापना दिवसको अवसरमा बिहीबार सार्वजनिक बिदा दिइएको नगरपालिकाले मंगलबार सूचनामार्फत जानकारी दिएको छ ।
मंगलबार बिहान बसेको कार्यपालिका बैठकले स्थानीय बिदा दिने निर्णय गरेको हो । उक्त दिन सम्पूर्ण कार्यालय, शैक्षिक संस्था, स्वास्थ्य संस्था (अत्यावश्यकबाहेक) बन्द रहने निमित्त प्रमुख प्रशासकीय अधिकृत केदारराज आचार्यले जानकारी दिए ।

तनहुँ मगरहरुको बाहुल्यता रहेको जिल्ला हो ।