काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले अघिल्लो पटकको भन्दा धेरै सिट जित्ने गरी चुनावको तयारीमा लाग्न नेता कार्यकर्तालाई निर्देशन दिएका छन् ।
चुनावमा एउटामात्र दलले बहुमत ल्याउने परिस्थिति नभएको भन्दै उनले अघिल्लो चुनावमा भन्दा बढी सिट जित्नुपर्ने विचार राखेका हुन् ।
प्रतिनिधि सभा क्षेत्रीय सभापति तथा क्षेत्रीय प्रशिक्षण शाखा प्रमुखहरूको प्रशिक्षण तथा अभिमुखीकरण कार्यक्रमलाई सम्बोधन गर्दै संविधान अनुसार एक्लै बहुमत ल्याउन गाह्रो रहेको बताए ।

उनले भने, ‘भोलिका दिनमा हुने चुनावमा हाम्रो पार्टीले बहुमत ल्याउन सक्छ। धेरै काम गर्न सकिन्छ । तर, संविधान अनुसार सहज छैन। त्यसैले हामी एकताबद्ध भएर लाग्नुपर्छ। अहिले पनि हामी ठूलो पार्टी छौँ।’
उनले ६/६ महिनामा सरकार बदलिने अवस्था आएकाले अहिलेको सत्ता समीकरण बनेको बताए । उनले अहिलेको सत्ता सहकार्यलाई एकताबद्ध बनाएर जानुपर्ने जोड दिए ।
नेपालको शासन प्रणाली लोकतान्त्रिक र समावेशी भएको देउवाले बताए । लोकतान्त्रिक व्यवस्थामा प्रतिपक्ष दल आवश्यक हुने उनले बताए ।