newa srijana

प्रधानमन्त्रीसँग अन्तर्राष्ट्रिय गोलरक्षक बुफोनको भेट

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली र इटलीका राष्ट्रिय फुटबल टिमका पूर्व कप्तान जियानलुइजी बुफोनबीच आज भेट भएको छ ।

राष्ट्रिय युवा संघ नेपालको आयोजनामा जारी तेश्रो केपी ओली कप फुटबल च्याम्पियनसिपको समापन कार्यक्रमका प्रमुख अतिथिका रुपमा नेपाल आएका अन्तर्राष्ट्रिय गोलरक्षक बुफोनले आज बिहान प्रधानमन्त्री ओलीसँग बालुवाटरस्थित निवासमा भेटघाट गरेका हुन् ।

World link net

भेटका अवसरमा प्रथम महिला राधिका शाक्य, प्रधानमन्त्रीका मुख्य सल्लाहकार विष्णुप्रसाद रिमाल, नेपाल सरकारका मुख्यसचिव एकनारायण अर्याल, अखिल नेपाल फुटबल संघका अध्यक्ष पंकज राई, राष्ट्रिय युवा संघ नेपालका अध्यक्ष क्षितिज थेबे, बुफोनका परिवारका सदस्यलगायत सहभागी थिए ।

यही फागुन ११ गतेदेखि सुरु भएको केपी ओली च्याम्पियनसिपको समापन आज साँझ दशरथ रंगशालामा हुँदैछ ।

सिटीजन फनिच्रर