सुचना१
newa srijana

गोरखामा माइक्रो दुर्घटना : एक जनाको मृत्यु, १४ घाइते

पोखरा । गोरखामा साेमबार माइक्रो बस दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ । गोरखाको सहिद लखन गाउँपालिका–३ स्थित आँबुखैरेनी–गोरखा सडकखण्डमा अनटेस्ट ईभी माइक्रो बस दुर्घटना हुँदा एकजनाको मृत्यु भएको हो ।

दुर्घटनामा चितवन खैरहनी गाउँपालिका २ टाँडी पर्साका ३७ वर्षीय पदमबहादुर जर्जी रहेका जिल्ला प्रहरी कार्यालय गोरखाले जनाएको छ ।

दुर्घटनामा १४ जना घाइते भएको जिल्ला प्रशासन कार्यालय गोरखाका सहायक प्रमुख जिल्ला अधिकारी चित्रांगत बरालले बताए ।

Pokhara महोत्सव

घाइते हुनेमा ५० वर्षीया हरिकला परियार, २९ वर्षीया गिता परियार, २६ वर्षीय सुमित चौधरी, १० वर्षीय रितेश परियार, १३ वर्षीया सन्ध्या परियार, २५ वर्षीया रुपा परियार, २० वर्षीया सञ्चिता आले, ३५ वर्षीया प्रमिला राना, ४३ वर्षीय विमला परियार, ३१ वर्षीय राजु परियार, १८ वर्षीया सुवना परियार, २१ वर्षीय अभिषेक परियार, २६ वर्षीय अनिसा परियार र ३६ वर्षीय अर्जुन परियार रहेका छन् ।

घाइतेहरूको उद्धार गरी तनहुँको आँबुखैरेनीस्थित छिम्केश्वरी अस्पतालमा उपचार भइरहेको छ।

मनकामना मन्दिर दर्शन गरी फर्केका तीर्थयात्री चढेको गाडी दुर्घटनामा परेको हाे ।

पुल सेन्टर
वडा नं २६