newa srijana

हावाहुरीले फेवातालमा फस्यो प्याडल बोट, तीन जनाको उद्धार

पोखरा। हावाहुरीको कारण फेवातालमा फसेका तीन जनाको उद्धार गरिएको छ ।

सशस्त्र प्रहरीको टोलीले पोखरा महानगरपालिका–६ स्थित फेवातालमा फसेका तीन जनाको मंगलबार सकुशल उद्धार गरेको हो ।

सिटीजन फनिच्रर

उद्धार गरिएकाहरुमा बाराको जितपुर सिमरा उपमहानगरपालिका–२ बस्ने ४३ वर्षीय राजन उप्रेती, ४५ वर्षीय केशव दाहाल र ४७ वर्षीय विष्णुहरी दाहाल छन् । प्याडल बोटमा बोटिङ गरिरहेको अवस्थामा एक्कासी आएको हावाहुरीका कारण उनीहरू फेवातालमा फसेका थिए ।

Mountain run pokhara click

सोबारे जानकारी पाउनासाथ सशस्त्र प्रहरी बल नेपाल नं। २४ कालिका गण कास्कीबाट फेवाताल रेस्क्यु टावरमा खटिएको सुरक्षा फौजले मोटर बोटको सहायताले उनीहरुको सकुशल उद्वार गरिएको सशस्त्रका सहप्रवक्ता शैलेन्द्र थापाले बताए ।

Rabin photo