GIF TIGER CUP

प्रतिनिधिसभामा पाँच अध्यादेश पेस हुँदै, कांग्रेस–एमालेका सांसदलाई अनिवार्य आउन ह्वीप

काठमाडौं । प्रतिनिधिसभाको बैठक आज दिउँसो १ बजे बस्दै छ । बैठकमा सरकारले ल्याएका पाँच अध्यादेश स्वीकृतिका लागि निर्णयार्थ पेस गर्ने कार्यसूची छ ।

बैठकमा ‘सुशासन प्रवर्द्धन तथा सार्वजनिक सेवा प्रवाहसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, २०८१’, ‘आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व (पहिलो संशोधन) अध्यादेश, २०८१’ र ‘निजीकरण (पहिलो संशोधन) अध्यादेश, २०८१’ सहित पाँचवटा अध्यादेश स्वीकृतिका लागि निर्णयार्थ पेस गर्ने कार्यसूची छ ।

बैठकमा ‘आर्थिक तथा व्यावसायिक वातावरण सुधार र लगानी अभिवृद्धिसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, २०८१’, र ‘सहकारीसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, २०८१’ र ‘सुशासन प्रवर्द्धनसम्बन्धी अध्यादेश, २०८१’ पनि स्वीकृतिका लागि निर्णयार्थ पेस गरिनेछ ।

GIF TIGER CUP

सरकारले ६ वटा अध्यादेश ल्याए पनि जसपा, नेपाल र लोसपा विपक्षमा देखिएपछि ‘भूमिसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, २०८१’ भने सरकारले रोकेर अन्य पाँच अध्यादेश निर्णयार्थ पेस गर्न लागेको हो ।

यसअघि गत २४ माघको प्रतिनिधिसभा बैठकको कार्यसूचीमा राखे पनि पछि हटाइएको थियो । त्यसको झण्डै एक महिनापछि सरकारले अध्यादेश अगाडि बढाउन लागेको हो । यसैबीच, प्रमुख सत्तारुढ दल कांग्रेस र एमालेले प्रतिनिधिसभा बैठकमा अनिवार्य उपस्थित हुन सांसदहरूलाई ह्वीप जारी गरेको छ ।

Leave A Reply

Your email address will not be published.