GIF TIGER CUP

अवैध बसेका १० नेपाली लिएर आज काठमाडौं आउँदै अमेरिकी जहाज

काठमाडौं । अमेरिकामा अवैध रूपमा बसेका १० नेपालीलाई लिएर आज अमेरिकी चार्टर जहाज काठमाडौं आउँदैछ । अमेरिकाको अध्यागमन कानुन उल्लंघन गर्ने नेपालीलाई लिएर अमेरिकी चार्टर जहाज आज काठमाडौंमा आउने भएको हो ।

अवैध आप्रवासी नेपालीहरूलाई लिएर पहिलोपटक चार्टर जहाज काठमाडौं आउन लागेको हो । अमेरिकी वायुसेवा कम्पनी ग्रिफोन एयरको जहाज गल्फजेटस्ट्रिम बिहान १० बजे अवतरण गर्ने तालिका छ । चार्टर विमान अमेरिकाको न्यु ह्याम्पसर राज्यको पोर्टसमाउथ अन्तर्राष्ट्रिय विमानस्थलबाट आउन लागेको हो  ।

निष्कासित भएकामध्ये गैरकानुनी तरिकाले अमेरिका बस्दै आएका केहीलाई त्यहाँको अध्यागमन मामिला हेर्ने अदालतले निष्कासन गर्ने फैसला सुनाएको थियो । केही भने गैरकानुनी रूपमा काम गरिरहेका बेला पक्राउ गरेका थिए ।

GIF TIGER CUP

अमेरिकामा डोनाल्ड ट्रम्पले राष्ट्रपतिको शपथ लिएसँगै गैरकानुनी रूपमा बसिरहेका आप्रवासीहरूप्रति उनी आक्रामक बनेका छन्। त्यस्ता आप्रवासीहरूलाई ट्रम्प प्रशासनले धमाधम अमेरिकाबाट निष्कासन गरिरहेको छ ।

ट्रम्पको कार्यकारी आदेशपछि यसअघि नै २७ नेपालीलाई अमेरिकाबाट निकाला गरिसकिएको छ ।

Leave A Reply

Your email address will not be published.