GIF TIGER CUP

पर्वतमा जीप दुर्घटना, दुई जनाको मृत्यु

पोखरा । पर्वतमा बोलेरो जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । बुधबार बिहान बिहादी गाउँपालिका ६ लिदीमा दुर्घटना हुँदा ६ जना घाइते भए ।

गुल्मीको कालीगण्डकी गाउँपालिकास्थित पूर्तिघाटबाट स्याङ्जाको वालिङतर्फ जाँदै गरेको लु१ज ४४६० नम्बरको जिप दुर्घटना भएको हो । दुई जनाको घटनास्थलमै मृत्यु भयो ।

बिहादी–३ रानीपानीका ६१ वर्षीय मीनप्रसाद उपाध्याय र गुल्मीको कालीगण्डकी गाउँपालिका–४ पूर्तिघाटकी ६४ वर्षीया डिलकुमारी भट्टचनको घटनास्थलमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब उपरीक्षक रविन विष्टले जानकारी दिए।

GIF TIGER CUP

उनका अनुसार दुर्घटनामा परी घाइते भएका ६ जनालाई उपचारका लागि पाल्पा लगिएको छ । एक बालक सामान्य घाइते भएकाले स्थानीय स्वास्थ्यचौकीमा उपचार भइरहेको छ।

Leave A Reply

Your email address will not be published.