सुचना१
newa srijana

कप्तान एन्जिलाको जीवनीमा बन्यो फिल्म, फागुन २९ देखि प्रदर्शनमा

पोखरा । नेपाली राष्ट्रिय महिला फुटबल टोलीकी कप्तान तथा गोलकिपर एन्जिला तुम्बापो सुब्बा अभिनित फिल्म ‘अञ्जिला’ फागुन २९ गतेदेखि प्रदर्शनमा आउँदै छ ।

मंगलबार पोखरा आइपुगेको ‘अन्जिला’ फिल्म निर्माता टिमले पत्रकार सम्मेलन गर्दै नेपाली राष्ट्रिय महिला फुटबलकी कप्तान तथा गोलकिपर एन्जिला तुम्बापो सुब्बा अभिनित फिल्म ‘अञ्जिला’ फागुन २९ देखि देशभर प्रदर्शनमा आउने बताएको छ ।

Pokhara महोत्सव

फिल्म निर्देशक मिलन चाम्सले ‘अञ्जिला’ फिल्मले जीवन केःहो भन्ने बुझाउने बताउँदै बच्चाहरुलाई समेत फिल्म देखाउन आवश्यक रहेको बताए । ‘अञ्जिला चलचित्र एकपटक फिल्म हलमा पुगेर हेरिदिनुस्, यो फिल्म बच्चाहरुलाई लगेर देखाउनुस्, यसले जीवन केःहो भन्ने बुझाउँछ’, निर्देशक चाम्सले भने, ‘यो चलचित्र एउटा चलचित्र मात्र नभएर प्रेरणाको स्रोत बन्न सक्छ भन्ने आशा लिएको छु । यो चलचित्र सफल भए अन्य खेलाडीहरुको समेत बायोपिक बनाउँछु ।’

निर्देशक चाम्सले कसैको बायोपिक बन्न बुढो हुनपर्छ परम्परा तोड्न पनि ‘अञ्जिला’ चलचित्र निर्माण गरेको दावी गरे ।

पुल सेन्टर
वडा नं २६