काठमाडौँ । ज्यान मार्ने उद्योगमा दोषी ठहर भई जेलमा रहेका गण्डकी प्रदेशसभा सदस्य तथा पूर्वमन्त्री राजीव गुरुङ (दीपक मनाङे) को २० प्रतिशत सजाय छुट भएको छ । जिल्ला अदालत काठमाडौँका न्यायाधीश कमलप्रसाद पोखरेलको इजलासले मनाङेलाई २० प्रतिशत छुट दिएको हो ।
मनाङे कातिकमा राजधानीको सानोभर्याङबाट पक्राउ परेका थिए ।
मनाङले मुलुकी ऐन, दण्ड सजाय महलको दफा ४१ (क) अन्तर्गत २० प्रतिशत कैद छुटको माग गर्दै फागुन १२ गते निवेदन दिएका थिए । उक्त व्यवस्थाअनुसार अन्तिम फैसला भएको ६० दिनभित्र अदालतसमक्ष आत्मसमर्पण गरेमा २० प्रतिशत कैद तथा जरिवाना छुटको प्रावधान रहेको छ ।

सजाय छुटपश्चात अब मनाङेले १ वर्ष ४ महिना कैद भुक्तान गर्नुपर्नेछ । उनलाई अदालतले ५ वर्षको सजाय सुनाएको थियो । यसअघि उनले २ वर्ष ८ महिना जेल जीवन बिताइसकेका कारण २ वर्ष ४ महिना जेल बस्नुपर्ने हुन्थ्यो ।