पोखरामा कोटिहोम पक्षधर र महानगर प्रहरीबीच झडप

पोखरा । मानव सेवा फाउन्डेसन र पोखरा महानगरपालिका प्रहरीबीच कोटीहोमको विषयलाई लिएर झडप भएको छ ।

नेपाल ट्रस्ट मातहतमा रहेको बाराहीघाटमा फाउन्डेसनले शुक्रबार भूमिपूजा गर्न लागेपछि विवाद उत्पन्न भएको हो ।

महानगरको अनुमतिबिना फाउन्डेसनले पूजा गर्न लागेपछि महानगर प्रहरी रोक्न पुगेका थिए ।

सोही क्रममा दुवै पक्षबीच विवाद उत्पन्न हुँदा झडपको स्थिति उत्पन्न भएको हो ।

विवाद बढेपछि बैदाम प्रहरीले स्थिति नियन्त्रणमा लिएको थियाे। पोखरा महानगरपालिकाका प्रवक्ता मोतिलाल तिमिल्सिनाले घटनामा ११ जना नगर प्रहरी घाइते भएको जानकारी दिए ।

उनीहरूको मेट्रोसीटी अस्पतालमा उपचार भइरहेको छ ।

Leave A Reply

Your email address will not be published.