newa srijana

थाइल्यान्डमा अलपत्र पारिएका २० नेपालीको उद्धार

काठमाडौं । थाइल्यान्डमा अलपत्र पारिएका २० नेपालीको उद्धार गरिएको छ । आकर्षक रोजगारीको प्रलोभन देखाएर पलाउमा पठाउन भारतको नयाँ दिल्ली हुँदै थाइल्यान्ड पुर्‍याइएका नेपालीको उद्धार गरिएको थाइल्यान्डस्थित नेपाली दूतावासले जनाएको छ ।

दूतावासका अनुसार, उनीहरूलाई उद्धार गरेर आज नेपाल फर्काइएको छ । ‘नेपाल सरकारले तोकेका मापदण्डबमोजिम श्रम स्वीकृति लिएर मात्र वैदेशिक रोजगारीमा जान तथा कसैको प्रलोभनमा परी कानुनविपरीत छिटो धेरै पैसा कमाउने हेतु कम्बोडिया लाओस, म्यानमार र थाइल्यान्डलगायत कुनै पनि मुलुकमा वैदेशिक रोजगारीका लागि नआउन राजदूतावास सम्बन्धित सबैमा अनुरोध गर्दछ,’ दूतावासले भनेको छ ।

सिटीजन फनिच्रर

उनीहरूलाई विभिन्न देशमा वैदेशिक रोजगारीमा लगाइदिने भन्दै दलालले केही समयअघि बैंकक पुर्‍याएका थिए। त्यहाँ पुगेपछि दलालले उनीहरूको पासपोर्ट कब्जामा लिए।

Mountain run pokhara click

पासपोर्ट कब्जामा लिएर दलाल फरार भएपछि नेपाली अलपत्र परेका थिए। अलपत्र परेका नेपालीले बैंकस्थित नेपाली दूतावासमा खबर गरेका थिए।

ती नेपाली के कसरी र कुन देश जानका लागि दलालको फन्दामा परेर बैंकक पुगे भन्ने स्पष्ट खुलेको छैन।

Rabin photo